गुल्मीमा विद्यार्थीद्वारा तिहार लक्षित फूल उत्पादन

तम्घास (गुल्मी) । यहाँको चन्द्रकोट गाउँपालिका–८ स्थित तुराङ बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले तिहारका लागि फूल उत्पादन गरेका छन् ।
उक्त शिक्षालयमा तीनवर्षे डिप्लोमा कृषि बाली विषय अध्ययनरत विद्यार्थीहरुले सयपत्री र मखमली फूलको बगैँचा तयार गरेका हुन् । उक्त बगैँचाले मजुवा बजारकै शोभा बढाएको छ । सिटिइभिटीसँगको सम्बन्धनमा विसं २०७८ मा स्थापित उक्त शिक्षालयले विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले १० रोपनी जग्गा भाडामा लिएर कृषि अभ्यास गराउँदै आएको छ । कृषिलाई उद्यमशीलतासँग जोड्ने र स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले विद्यार्थीमार्फत विभिन्न अभ्यास गर्दै आएको शिक्षालय प्रमुख प्रदीपराज पाण्डेले बताए।
उत्पादन मात्रै नभएर बजारसँग जोड्न चाडपर्व लक्षित मखमली र सयपत्री फूल रोपिएको उनले बताए। तीन रोपनीमा फूल र सात रोपनीमा तरकारी लगाइएको छ । बगैँचामा उत्पादित फूलको माग धेरै छ । स्थानीय बजारसँगै बुटवल, नवलपरासी र चितवनमा समेत फूल बिक्रीका लागि पठाएको शिक्षालयमा कार्यरत कृषि प्राविधिक रोशनी बन्जाडेले जानकारी दिए।
हाल एक क्विन्टल बढी फूलको माग भइसकेको र शिक्षालयको आफ्नै सवारी साधन नभएकाले टाढा–टाढा पु¥याउन नसकिएको बन्जाडेले बताए। हाल प्रतिमाला रु तीन सयका दरले बिक्री भइरहेको छ । शिक्षालयले उत्पादन गरेको तरकारी विद्यार्थी, प्रशिक्षक र कर्मचारीलाई बजारको मूल्यभन्दा ५० प्रतिशत कममा उपलब्ध गराउने गरिएको छ । बजार मूल्यभन्दा २० प्रतिशत कममा तरकारी बजारमा पनि बिक्री गर्ने गरिएको शिक्षालयले जनाएको छ ।
शिक्षालयको फार्ममा हाल काउली, बन्दागोभी, ब्रोकाउली, भाण्टा, सिमी, डल्ले खुर्सानी, काँक्रो र टमाटर फलेको छ । शिक्षालयले बीउबिजन र अन्य कृषि यन्त्र व्यवस्थापन गर्ने र प्रशिक्षकले सहजीकरण गरी विद्यार्थीहरुले श्रम गर्ने गरेका छन् । सिटिइभिटीको ‘सिक, कमाउ र तिर’ भन्ने अवधारणालाई आत्मसात् गर्दै शिक्षालयले उक्त अभ्यास गरेको हो ।
शिक्षालयको भौतिक पूर्वाधार व्यवस्थापनका लागि स्थानीय व्यक्तिहरुले ४४ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएका छन् । हाल शिक्षालयमा गुल्मीसहित सुर्खेत, हुम्ला, जुम्ला, बाजुरा, मुगु, लमजुङ, बाग्लुङ, नवलपरासी र प्यूठान लगायतका विद्यार्थीहरुले पठनपाठन गरिरहेका छन् । सुरुमा बाली विज्ञान सञ्चालित शिक्षालयमा गत वर्षदेखि पशुविज्ञान पनि पढाउन थालिएको छ ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया