‘मेट्रो कलेज’लाई आङ्गिक बनाइँदै

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर बहुप्राविधिक शिक्षालय(मेट्रो कलेज)लाई लुम्बिनी बौद्ध विश्वविद्यालयको आङ्गिक कलेज बनाउने तयारी गरेको छ । यसका लागि कार्यविधि निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काका अनुसार कार्यविधिलाई नगर सभाबाट अनुमोदन गरेर आङ्गिक बनाउने विषयमा विश्वविद्यालयसँग थप छलफल गरिने बताए।
“एकातर्फ प्राविधिक विषय पढाइ हुन्छन्, अर्कोतर्फ आङ्गिक कलेजका रूपमा शिक्षण हुन्छ”,उनले भने“यसका लागि परामर्श बैठक भइरहेको छ ।” यो विषयमा विश्वविद्यालय पनि सकारात्मक रहेको उनको भनाइ छ । आङ्गिक भएमा शिक्षक कर्मचारीको भविष्य पनि उज्ज्वल हुने उनको भनाइ थियो ।
अहिले कलेजमा सिटिइभिटी अन्तर्गत इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनीयरिङ, मेकानिकल इञ्जिनीयरिङ, फरेष्ट्रि, फुड एण्ड डेरी, एग्रिकल्चर र फार्मेसी विषय पढाइ रहेका छन् । त्यस्तै विश्वविद्यालय अन्तर्गत विएएलएलबी, विएचटिएम, विविएका कक्षा भइरहेका छन् । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो गौरवको रूपमा मेट्रो कलेजलाई लिएको छ ।












यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
Party unity imperative: Leader Koirala
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया