झिनो अंकले घट्यो सेयर बजार

काठमाडौँ । तिहारपछि खुलेको सेयर बजार झिनो अंकमा रातो भएको छ । नेप्से परिसूचक ०.२१ अंक मात्रै घटेपछि २६७७.४ मा कायम भएको छ । कारोबार सुरु भएपछि बढेको बजार ११ : ४७ बजे २६९६ अंकसम्म पुगे पनि त्यसपछि भने ओरालो लागेको हो ।
कारोबार रकम पनि घटेको छ । गत बुधबार ५ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको भयो । कुल ११३ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ६ को स्थिर रह्यो ।
केही सेक्टर बढेका छन् भने केही घटेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०६ प्रतिशत बढ्यो । फाइनान्स ०.२०, होटेल तथा पर्यटन ०.८२, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.३९ र अन्य समूह ०.२४ प्रतिशत बढे । बैंकिङ ०.८१, विकास बैंक ०.४८, लगानी ०.०४, उत्पादन ०.२९, माइक्रोफाइनान्स ०.०७ र व्यापार समूह ०.७४ प्रतिशत घटे ।
सुपरमाइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । समाज लघुवित्तको ९.९, युनाइटेड मोदी हाइड्रोपावरको ९.५, गुराँस लघुवित्तको ९.३, रसुवागढी हाइड्रोपावरको ८.७ तथा सान्जेन जलविद्युतको ७.३ प्रतिशत मूल्य बढ्यो ।
मिडसोलु हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, सानिमा जीआईसी इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र समृद्धि फाइनान्स क्रमशः अगाडि रहे ।










थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया