झिनो अंकले घट्यो सेयर बजार

काठमाडौँ । तिहारपछि खुलेको सेयर बजार झिनो अंकमा रातो भएको छ । नेप्से परिसूचक ०.२१ अंक मात्रै घटेपछि २६७७.४ मा कायम भएको छ । कारोबार सुरु भएपछि बढेको बजार ११ : ४७ बजे २६९६ अंकसम्म पुगे पनि त्यसपछि भने ओरालो लागेको हो ।
कारोबार रकम पनि घटेको छ । गत बुधबार ५ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको भयो । कुल ११३ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ६ को स्थिर रह्यो ।
केही सेक्टर बढेका छन् भने केही घटेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०६ प्रतिशत बढ्यो । फाइनान्स ०.२०, होटेल तथा पर्यटन ०.८२, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.३९ र अन्य समूह ०.२४ प्रतिशत बढे । बैंकिङ ०.८१, विकास बैंक ०.४८, लगानी ०.०४, उत्पादन ०.२९, माइक्रोफाइनान्स ०.०७ र व्यापार समूह ०.७४ प्रतिशत घटे ।
सुपरमाइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । समाज लघुवित्तको ९.९, युनाइटेड मोदी हाइड्रोपावरको ९.५, गुराँस लघुवित्तको ९.३, रसुवागढी हाइड्रोपावरको ८.७ तथा सान्जेन जलविद्युतको ७.३ प्रतिशत मूल्य बढ्यो ।
मिडसोलु हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, सानिमा जीआईसी इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र समृद्धि फाइनान्स क्रमशः अगाडि रहे ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
प्रतिक्रिया