एमालेले नलगाढको उपमेयरमा सुनिता बोहोरालाई उम्मेदवार बनाउने
मेरोन्यूज
२०८१ कार्तिक २० गते १६:०४
काठमाडौँ । नेकपा एमालेले जाजरकोटको नलगाढ नगरपालिकाको उपमेयरका लागि सुनिता बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमाले जाजरकोट जिल्ला कमिटी उपसचिव रहेकी बोहोरालाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । जाजरकोट केन्द्रबिन्दु भई आएको भूकम्पमा परी नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो ।
उपमेयर सिंहको मृत्यु भएपछि रिक्त रहेको उपमेयरको पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । अन्य दलले भने उपमेयरका लागि उम्मेदवार टुंगो लगाइसकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया