काँग्रेस-एमालेले बनाए बेग्लै संयन्त्र, प्रदेश र जिल्लामा पनि गठन गर्ने तयारी

काठमाडौँ। सत्तारुढ दल काँग्रेस-एमालेले सरकारलाई प्रभावकारी बनाउन बेग्लै संयन्त्र बनाएका छन् । ७ बुँदे सहमति अनुसार सरकारलाई प्रभावकारी ढंगले चलाउन दुई दलका शीर्ष नेताहरू सम्मिलित संयन्त्र बनाइएको हो ।
सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले ८ सदस्यीय संयन्त्र बनाएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् । काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा सदस्य छन् ।
केन्द्रमा मात्रै नभई प्रदेश र जिल्ला तहमा पनि संयन्त्र गठन बनाउने तयारी रहेको उनले बताए । प्रदेश र जिल्ला ६ सदस्यीय संयन्त्र बन्ने उनको भनाइ छ ।










झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल
इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ
खण्डहरजस्तो भएको मुद्रण केन्द्रको धुलो टकटक्याएर छपाइ सुरु गरेका छौँ : सञ्चारमन्त्री खरेल
औषधि र मेडिकल सामग्री खरिद गर्दा अनिवार्य बोलपत्र आह्वान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
आज कात्तिक १९ गते बुधवार,कस्ताे रहला तपाइकाे दिन ?
अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
आज कात्तिक २० गते बिहिवार,कस्ताे रहला तपाइकाे दिन ?
आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
प्रतिक्रिया