कांग्रेसले टुंग्यायो ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार
मेरोन्यूज
२०८१ कार्तिक २२ गते १७:३६
काठमाडौँ। मोरङको ग्रामथान गाउँपालिकामा हुने उप निर्वाचनमा नेपाली काँग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ ।
काँग्रेसको मोरङको संसदीय समिति बैठकले नेपाली काँग्रेसका पूर्वमहासमिति सदस्य सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आज बसेको बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको मोरङका काँग्रेसले जनाएको छ । गाउँपालिका अध्यक्षको लागि काँग्रेसबाट १७ जना आकांक्षी रहेको भए पनि सरदारलाई उम्मेदवार बनाइएको बताइएको छ ।
२०७९ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा निर्वाचित भएका जयप्रकाश गच्छदारको हृदयाघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।
सम्बन्धित
प्रतिक्रिया