मकवानपुरमा करेन्ट लागेर नेपाली सेनाको मृत्यु
मेरोन्यूज
२०८१ कार्तिक २२ गते १८:०१
काठमाडौँ । मकवानपुरमा करेन्ट लागेर एक नेपाली सेनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डडेल्धुराको गन्याधुरा गाउँपालिका-१ घर भएका लेसनायक अन्दाजी २९ वर्षीय पदमबहादुर दियाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार भीमफेदी-८, दोभानमा फास्टट्र्याक (द्रुतमार्ग)को बेस क्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन तारमा पाइप छुँदा करेन्ट लागेर उनको निधन भएको हो ।
सम्बन्धित
प्रतिक्रिया