नयाँ बसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर

काठमाडौँ । काठमाडौँको नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको छ ।
समाज उत्थान महिला मञ्चको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा आजदेखि आगामी मङ्सिर १ गतेसम्म निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको हो । उक्त शिविर बिहान ५ बजेदेखि ६ः३० बजेसम्म सञ्चालन भएको थियो ।
ध्यान शिविरमा नयाँबसपार्क र त्यस आसपासमा रहेर व्यापार व्यवसाय गरेर बसेका व्यक्ति लाभान्वित भएका छन् । सातदिने शिविरमा जीवन विज्ञान प्रशिक्षक नरेश गौतम र अनिता गौतमले प्रशिक्षण दिएको समाज उत्थान महिला मञ्चका अध्यक्ष जानुका नेपालले जानकारी दिइन् ।
अध्यक्ष नेपालले व्यक्ति स्वास्थ्य रहेमात्र देश स्वास्थ्य रहने भएकाले नयाँबसपार्क क्षेत्र र यस आसपासमा बसोबास गर्नेलाई लक्षित गरी उक्त ध्यान शिविर सञ्चालन गरिएको जानकारी दिइन् । उक्त ध्यान शिविरमा एक सयभन्दा बढीको सहभागिता थिए ।
















अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु
म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया