बुधबार, मंसिर १९, २०८१

सकिएन रविको बयान, भोली पनि लिइने

मेरोन्यूज २०८१ कार्तिक २८ गते २१:१८

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भैरहवामा जारी बयान बुधबार दोस्रो दिन पनि सकिएको छैन ।

Advertisement

मंगलबार भैरहवा ल्याइएका उनीसँग बुधबार विहान सवा १० बजेदेखि सांझ सवा ७ बजेसम्म बयान लिइएको थियो । मंगलबार र बुधबार गरी १३ घण्टा लामो बयान लिइँदा समेत बयान लिने कार्य अझै सकिएको छैन। अब भोली बिहीबार पनि उनीसँग बयान लिइने छ।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले सुप्रिमको अनुसन्धान गर्न मंगलबार रुपन्देही ल्याइएको हो ।

प्रतिक्रिया