बागलुङमा पौंदेलीले मनाए न्वागी पर्व

बलेवा (बागलुङ) । पौंदेलीले १७औँ शताब्दीदेखि मनाइँदै आएको न्वागी पर्व मनाएका छन् । यही मङ्सिर १ गते निकालिएको शुभसाइतअनुसार सोमबार बिहान ९ः३७ बजे पश्चिम फर्केर न्वागी खाइएको बडिगाड गाउँपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जनाकारी दिए।
तत्कालीन गलकोट र पर्वत राज्यका सहयोगमा इस्मा राज्यले जुम्ला राज्यकोे विस्तार अभियानलाई रोकेको हुनाले पौंदी मौजा राजनीतिक महत्वको रहेकोे र यसै खुसीयालीमा न्वागी पर्व मनाउन थालिएको स्थानीय भानुभक्त पौडेलले जानकारी दिए । “बागलुङको ग्वालीचौर, गुल्मीको अरेवा, अमराईलगायत पौंदीवासीको खेतमा धान पाकेपछि कात्तिकको पहिलो हप्ता मुसिकोटको छत्रकोटका पुजारी, स्थानीय र जनप्रतिनिधिको रोहवरमा मुठी लिने (धान काट्ने) र न्वागी खाने मिति हेराइने चलन छ”, स्थानीय रामबहादुर कुँवरले भने ।
यस वर्षको मुठी लिने (धान काट्ने) दिन भने गत कात्तिक ११ गते ९ः३३ बजे पूर्व फर्केर परेको उनले सुनाए। न्वागी खाने समय र कुन दिशातर्फ फर्केर न्वागी खाने भन्ने यकिनचाहिँ मङ्सिर लागेपछि मात्र तोक्ने चलन रहेको कुँवरले सुनाए।
कात्तिक पहिलो हप्ता सबैसँगबाट मुठी लिई धान काटेर स्याहार्ने र न्वागीलाई घरघरमा हवन गरेपछि थानपति, छत्रभूमि, सिद्धका नाममा देवतालाई चढाई मङ्सिरको पहिलो हप्ताभित्र न्वागी खाने यस क्षेत्रमा चलन छ । यसपटकको न्वागी मेला पनि सोमबारबाटै ८ गतेसम्म बडिगाड गाउँपालिका–५ खारमा सुरु भएको छ ।
स्थानीयका अनुसार यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातिको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खेत भएका र नभएका सबैले खाने प्रचलन छ । खेत भएकाहरूले खेत नभएकाहरूलाई पनि निम्ता गर्छन् भने आफ्ना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन छ । परापूर्वकालमा स्थानीयले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बूढापाकाले गुनासो गर्ने गरेका छन् ।
















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया