आजबाट यी दुई नेपाली चलचित्र प्रदर्शनमा
मेरोन्यूज
२०८१ मंसिर ७ गते १०:५५

काठमाडौँ । आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।
शंकर घिमिरे निर्देशित ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’ प्रदर्शनमा आएका हुन्।
‘तेल भिसा’मा विपीन कार्की मुख्य भूमिकामा छन् । ‘तेल भिसा’मा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरूको यो चलचित्रमा अभिनय रहेको छ ।
यो चलचित्र अमेरिका र नेपालमा छायांकन गरिएको छ । यो चलचित्रले विशेषगरी प्रवासका नेपालीको कथा भन्छ।
यस्तै, घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’मा कलाकार प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी र तुलसी क्षेत्रीको अभिनय छ।
यो चलचित्रले नेपाली समाजको अन्धविश्वास बोक्सी कुप्रथाविरुद्धको कथा भन्छ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया