विवाहपञ्चमी महोत्सव र गढीमाई मेलालाई व्यवस्थित बनाइने

महेन्द्रनगर (धनुषा) । बाराको गढीमाईमा लागिरहेको मेला तथा जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने सीताराम विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित बनाइने भएको छ । धार्मिक तथा ऐतिहासिक महत्वका दुवै महोत्सवलाई व्यवस्थित बनाउन मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक आज जनकपुरधाममा बसेको थियो ।
प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा मेलालाई व्यवस्थित तथा शान्तिपूर्णरुपमा सम्पन्न गर्ने विषयमा छलफल भएको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले बताए। प्रत्येक पाँच वर्षको अन्तरालमा बाराको गढीमाईमा ठूलो धार्मिक मेला लाग्नुका साथै जनकपुरधाममा भारतको अयोध्याबाट सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन झण्डै पाँच सयको सङ्ख्यामा विशिष्ट व्यक्तिसहित जन्ती आउने र लाखौँ तीर्थालु मेला भर्न आउने कार्यक्रम छ ।
बैठकमा दुवै मेला तथा महोत्सवमा आउने भक्तजन तथा आगन्तुकको सुरक्षा सुनिश्चितता गर्ने, जोखिम क्षेत्रको पहिचान गरेर त्यसै अनुसारको सुरक्षा व्यवस्था मिलाउने र मेलामा हुने भीडको व्यवस्थापन, चोरी र दुर्घटनाको विषयमा छलफल भएको सचिव रिजालले बताए । बैठकमा मध्य पृतना हेडक्वाटर बर्दिबासका उपरथि सुदर्शन सिलवाल, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक कालीदास धौवजी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक माधव तिमिलसिना, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहोरालगायतको सहभागिता रहेको थियो ।
















सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया