कञ्चनपुरमा इँटा प्रहार गरी श्रीमान्को हत्या

धनगढी । कञ्चनपुरमा श्रीमतीले इँटा प्रहार गरी श्रीमान्को हत्या गरेकी छन्। बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको उनकी श्रीमतीले हत्या गरेकीफ हुन्।
घरको ट्वाइलेटमा चिप्लिएर मृतु भएको भनिए पनि इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक भास्कर चन्द नेतृत्वमा खटिएको टोलीले अनुसन्धान गर्दा हत्या गरिएको अवस्थामा शव फेला परेको जनाएको छ। घटनास्थलमा पुग्दा मृतकको शव लडेको स्थानमा नभएर केही पर ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा फेला परेको थियो।
मृतक रानाको टाउको र तालुको विभिन्न भागमा काटिएको छ। घरभित्र खानतलासी गर्दा कोठा, कुर्सी, टेबल, ढोकालगायत स्थानमा रगतका छिटा देखिएको प्रहरीले जनाएको छ।
खाटमुनी रगत लागेको इट्टाको आधा भागसमेत प्रहरीले फेला पारेको छ। कोठामा रहेको दराजभित्र प्लास्टिकको सानो झोलाभित्र पुरुष र महिलाले लगाउने कपडामासमेत रगत देखा परेको छ।
श्रीमती ४३ वर्षीया जनककुमारी रानाले आफूहरूबीच बिहीबार बिहान झगडा भएको र दिउँसो श्रीमान् सुतेको अवस्थामा इँटाले टाउकोमा हानेर हत्या गरेको स्वीकारेकी छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालेको छ।
















दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया