कञ्चनपुरमा इँटा प्रहार गरी श्रीमान्को हत्या

धनगढी । कञ्चनपुरमा श्रीमतीले इँटा प्रहार गरी श्रीमान्को हत्या गरेकी छन्। बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको उनकी श्रीमतीले हत्या गरेकीफ हुन्।
घरको ट्वाइलेटमा चिप्लिएर मृतु भएको भनिए पनि इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक भास्कर चन्द नेतृत्वमा खटिएको टोलीले अनुसन्धान गर्दा हत्या गरिएको अवस्थामा शव फेला परेको जनाएको छ। घटनास्थलमा पुग्दा मृतकको शव लडेको स्थानमा नभएर केही पर ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा फेला परेको थियो।
मृतक रानाको टाउको र तालुको विभिन्न भागमा काटिएको छ। घरभित्र खानतलासी गर्दा कोठा, कुर्सी, टेबल, ढोकालगायत स्थानमा रगतका छिटा देखिएको प्रहरीले जनाएको छ।
खाटमुनी रगत लागेको इट्टाको आधा भागसमेत प्रहरीले फेला पारेको छ। कोठामा रहेको दराजभित्र प्लास्टिकको सानो झोलाभित्र पुरुष र महिलाले लगाउने कपडामासमेत रगत देखा परेको छ।
श्रीमती ४३ वर्षीया जनककुमारी रानाले आफूहरूबीच बिहीबार बिहान झगडा भएको र दिउँसो श्रीमान् सुतेको अवस्थामा इँटाले टाउकोमा हानेर हत्या गरेको स्वीकारेकी छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालेको छ।














गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया