अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मेरोन्यूज
२०८१ मंसिर १६ गते ८:३५

कोलम्बो, १६ मंसिर । श्रीलंकामा प्रतिकूल मौसमका कारण १७ जनाको मृत्यु भएको छ ।
दक्षिण पश्चिम बंगालको खाडीबाट उत्पन्न ‘चक्रवात फेंगल’ बाट श्रीलंकामा हालसम्म १७ जनाको ज्यान लिइसकेको छ ।
सो बिपदमा परी हालसम्म ३० जना घाइते भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ। उसका अनुसार देशमा विद्यमान प्रतिकूल मौसमका कारण १ लाख ४२ हजार ६२४ परिवारका ४ लाख ७९ हजार ८७१ व्यक्ति प्रभावित हुन पुगेका छन् ।
यसबीचमा १ सय ३ घर पूर्णरुपमा र २ हजार ६ सय ३५ घरमा आंशिक क्षति पुगेको डीएमसीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।
अत्यधिक मौसमी अवस्थाबाट प्रभावित ८ हजार ४ सय ७० परिवारका कुल २७ हजार ५१७ व्यक्तिहरू हाल राहत केन्द्रहरूमा रहेको डीएमसीले जनाएको छ।
सम्बन्धित
















स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया