उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मेरोन्यूज
२०८१ मंसिर १६ गते १६:४८

काठमाडौं। कैलालीको धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयले एक जना शिक्षिकालाई सम्मानित गरेको छ। विद्यालयको ४८औं वार्षिकोत्सवको अवसरमा माध्यमिक तह अंग्रेजी विषय शिक्षिका श्रद्धा श्रेष्ठ सम्मानित भएकी हुन्।
त्रिनगरमा अध्ययनरत विद्यार्थीले एसईईमा अंग्रेजी विषयमा ८५.६० प्रतिशतसम्म नतिजा ल्याउन सफल भएको भन्दै उनलाई सम्मान गरिएको विद्यालयले जनाएको छ। श्रेष्ठलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री सरस्वती खड्काले सम्मानपत्रसहित दोसल्ला प्रदान गरेकी थिइन्।
श्रेष्ठ निकै मिहिनेती शिक्षिका रहेको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताए। ‘उहाँ निकै मिहिनेती शिक्षिका हो। काममा लगनशील हुनुहुन्छ। उहाँलाई गरिएको सम्मानले अरू शिक्षकमा पनि प्रेरणा जागृत हुने विश्वास लिएका छौं। राम्रो कामको राम्रै मूल्यांकन हुन्छ भन्ने यो उदाहरण पनि हो,’ खड्काले भने।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया