अज्ञात रोगले एकै किसानका २५ भेडा मरे

जुम्ला । जिल्लाको तिला गाउँपालिका–५ स्थित ढिम्कोट गाउँका भेडापालक किसान कर्णवीर शाहीका २५ भेडा मरेका छन् । भेडापालक किसान शाहीका ४० वटा भेडामध्ये एक्कासि २५ भेडा मरेका हुन् । अज्ञात रोगले जाजरकोटको छेडागाड नगरपालिका–७ मा रहेको पौँजा भन्ने ठाउँमा भेडा मरेका तिला ५ का वडाध्यक्ष ललित शाहीले जानकारी दिए ।
भेडा मर्न थालेपछि राहत र उपचारका लागि सम्बन्धित निकायलाई जानकारी गरेको तीन दिन भए पनि हालसम्म कसैबाट सहयोग पाउन नसकेको भेडापालक किसान शाहीले गुनासो गरे । शाहीका अनुसार चरिचरनका लागि जुम्लाबाट जाजरकोटको छेडागाड नगरपालिका–७ मा रहेको पौँजा भन्ने ठाउँमा भेडा ल्याइएका छन् । “तीन दिनभित्र २५ वटा भेडा मरिसके ।
बिरामी भेडाको मुखबाट र दिसा पिसाब गर्ने ठाउँबाट रगत निस्कने गरेको छ । बाँकी रहेका भेडालाई बचाउन सरोकारवालासँग हारगुहार गरे पनि सुनुवाइ हुन सकेको छैन । रगत निस्किएको एक घण्टाभित्रै भेडा मर्ने गरेका छन्”, भेडापालक किसान शाहीले भने ।
वडाध्यक्ष शाहीका अनुसार गत आव २०८०/८१ को जिल्ला पशु सेवा कार्यालय जुम्ला र तिला गाउँपालिकाको संयुक्त कार्यक्रमअन्तर्गत माईथाप्ला भेडा पकेट कार्यक्रमबाट तिला गाउँपालिका–५ का विपन्न घरपरिवारलाई भेडा वितरण गरिएका थिए । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रबहादुर बुढ्थापाले जाजरकोट पशु अस्पतालका प्रमुख कपिलप्रसाद उपाध्यायलाई घटनाबारे जानकारी गरिएको बताए ।









निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
प्रतिक्रिया