तार्केश्वर मेयर रनिङ सिल्ड सुरु

काठमाडौं। तार्केश्वर नगरपालिकाको आयोजनामा तेश्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।
‘खेल तार्केश्वरको, सन्देश एकताको’ को भन्ने मुल नारासाथ सुरु भएको प्रतियोगिताको उद्घाटनअघि धर्मस्थलीस्थित आयोजक नगरपालिकाको कार्यालयबाट पिपलडाँडा तुसाल खेल मैदानसम्म ¥याली निकालिएको थियो ।
¥याली मैदानमा पुगेपछि उद्घाटन कार्यक्रम सुरु भएको थियो । तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटनका अवसरमा सहभागी विद्यालयका टोलीले मार्च पास्ट गरेका थिए भने कपन टाइगरको टोलीले आकर्षक तेक्वान्दोको प्रस्तुती प्रस्तुत गरेको थियो । सेक्रेड हार्टका विद्यार्थीले एरोबिक नृत्य प्रस्तुत गरेका थिए ।
पहिलो दिन छात्र फुटबलतर्फ २ खेल भयो । उद्घाटन खेलमा श्रृजना ज्ञान सागरले नर्थ भ्यालीलाई २–० गोलले पराजित ग¥यो । अर्को खेलमा कालीदेवीले किन्डर गार्डेनलाई ७–० को फराकिलो गोलअन्तरले हरायो । छात्रमा ३६ तथा छात्रामा १९ टिम सहभागी छन् ।
विभिन्न १० खेल समावेश प्रतियोगितामा ५३ विद्यालयका ३ हजार ४ सय ५४ खेलाडी सहभागी छन् । फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो, उसु, बास्केटबल, ब्याडमिन्टन र टेबलटेनिसको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १ लाख, ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम संयोजक राजेन्द्रप्रसाद तिमिल्सनाले जानकारी दिए । गत संस्करणमा लालीगुराँस नेसनल एकेडेमी टिम च्याम्पियन बनेको थियो । पहिलो संस्कणमा हिमरश्मि पहिलो भएको थियो ।काठमाडौं, मंसिर १८ गते ।
तार्केश्वर नगरपालिकाको आयोजनामा तेश्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।
‘खेल तार्केश्वरको, सन्देश एकताको’ को भन्ने मुल नारासाथ सुरु भएको प्रतियोगिताको उद्घाटनअघि धर्मस्थलीस्थित आयोजक नगरपालिकाको कार्यालयबाट पिपलडाँडा तुसाल खेल मैदानसम्म ¥याली निकालिएको थियो । ¥याली मैदानमा पुगेपछि उद्घाटन कार्यक्रम सुरु भएको थियो । तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटनका अवसरमा सहभागी विद्यालयका टोलीले मार्च पास्ट गरेका थिए भने कपन टाइगरको टोलीले आकर्षक तेक्वान्दोको प्रस्तुती प्रस्तुत गरेको थियो । सेक्रेड हार्टका विद्यार्थीले एरोबिक नृत्य प्रस्तुत गरेका थिए ।
पहिलो दिन छात्र फुटबलतर्फ २ खेल भयो । उद्घाटन खेलमा श्रृजना ज्ञान सागरले नर्थ भ्यालीलाई २–० गोलले पराजित ग¥यो । अर्को खेलमा कालीदेवीले किन्डर गार्डेनलाई ७–० को फराकिलो गोलअन्तरले हरायो । छात्रमा ३६ तथा छात्रामा १९ टिम सहभागी छन् ।
विभिन्न १० खेल समावेश प्रतियोगितामा ५३ विद्यालयका ३ हजार ४ सय ५४ खेलाडी सहभागी छन् । फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो, उसु, बास्केटबल, ब्याडमिन्टन र टेबलटेनिसको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १ लाख, ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम संयोजक राजेन्द्रप्रसाद तिमिल्सनाले जानकारी दिए । गत संस्करणमा लालीगुराँस नेसनल एकेडेमी टिम च्याम्पियन बनेको थियो । पहिलो संस्कणमा हिमरश्मि पहिलो भएको थियो ।

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया