नेपाल प्रिमियर लिग
लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित

काठमाडाैं । काठमाडाैंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज सम्पन्न खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेट हराएको हो । यसअघि दुई खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो ।
लुम्बिनी लायन्सले जितका लागि दिएको एक सय ९२ रनको लक्ष्य विराटनगरले १९ दशमलव पाँच ओभरमा आठ विकेट गुमाउँदै पूरा गरेको हो । विराटनगरको जितमा लोकेश बमले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ६ छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ७१ रन बनाए । यस्तै, बसिर अहमदले ४०, मार्टिन गुप्टिलले २८, क्रिस सोलले १४ र दीपक बोहोराले नौ रनको योगदान दिए ।
बलिङतर्फ लुम्बिनीका लागि दुर्गेश गुप्ताले सर्वाधिक तीन विकेट लिए । यस्तै, रामोन सिमन्ड्स र सादबिन जफरले दुई दुई तथा विवेक यादवले एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गरे । यस्तै, टम मूर्सले ३०, विवेक यादवले १९, अर्जुन साउदले १७, आशुतोष घिरैया र सादबिन जफरले समान १५/१५ तथा सन्दीप जोराले १२ रन बनाए । लुम्बिनीले अतिरिक्त २९ रन पाएको थियो ।
बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले एक क विकेट लिए ।











एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
प्रतिक्रिया