खेलाडीको विषयमा चलचित्र निर्माण हुनु गौरवको विषय : कप्तान चेम्जोङ

काठमाडौं। नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले खेलाडीको विषयमा चलचित्र निर्माण हुनु गौरवको विषय भएको बताएका छन्।
सन् २०२४–२५ का लागि युरोपियन राष्ट्र ग्रिसको महिला ए डिभिजन लिग क्लबमा छनोट भएकी नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको जिवनीमा आधारित चलचित्र ‘अञ्जिला’ सार्वजनिक हुनुअघि कप्तान चेम्जोङले सो करा बनाएका हुन्।
चलचित्र ‘अञ्जिला’ निर्माण समूहले आज यहाँ आयोजना गरको एक कार्यक्रममा कप्तान चेम्जोङले भने, ‘मैले अञ्जिला बहिनीको मेहनतलाई नजिकबाट नियालेको छु, उहाँको कथामा यसरी चलचित्र बन्दा निकै खुसी छु। हामी खेलाडीको कथामा आधारित भई नेपाली चलचित्र कमै बन्ने गरेको छ, आउँदा दिनमा यो बढ्ने छ भन्नेमा विश्वस्त छु। अञ्जिला बहिनीको कथाले हाम्रा धेरै चेलीलाई ‘इन्स्पाएर’ गरेर आफ्नो गन्तव्यमा अगाडि बढ्न मद्दत गर्छ भन्नेमा पनि विश्वत छु। नेपाली चलचित्रको बजार जसरी बढिरहेको छ, अब कथामा पनि विविधता आउनु जरुरी छ, निर्देशकलाई धन्यवाद भन्न चाहन्छु।’
आफूले कहिल्यै नसोचेको कुरा आफ्नै जिवनीमा चलचित्र बन्ने र आफैँले अभिनय गर्न पाउँदा छुट्टै अनुभव संगालेको बताउँदै महिला कप्तान सुब्बाले भनिन्, ‘अहिले नेपाली फुटबलमा महिलाका लागि पनि राम्रो समय सुरु भएको छ। हामीले पछिल्लो समय हासिल गरेको उपलब्धिले हाम्रो मेहनतलाई सबैसामु ल्याएको छ। सबैको सहयोगले युरोपमा पहिलोपटक खेल्ने मौका पाएकी छु। यसबाट अन्य साथीहरूसमेत लाभान्वित हुनुहुनेछ भन्ने विश्वास छ।’
फुटबल खेलाडी एवं कप्तान सुब्बाको घर निर्माण गर्ने उद्देश्यका साथ निःशुल्क रूपमा चलचित्र निर्देशन गरेको जानकारी दिँदै ‘अञ्जिला’ चलचित्रका निर्देशक मिलन चाम्सले यही मङ्सिर २३ गेत हङकङबाट विशेष प्रदर्शनी (प्रिमियर शो) हुने र त्यसपछि मात्र उक्त चलचित्र नेपालमा प्रदर्शनी हुने बताए।
‘अञ्जिला’ चलचित्रमा कप्तान सुब्बासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन्। सुदीप बरालले छायांकन, मिलन श्रेष्ठले सम्पादन गरेको ‘अञ्जिला’ चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेको निर्देशक चाम्सले जानकारी दिए।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रतिक्रिया