एरिका र सरुलाई काठमाडौं युरोको सम्मान

काठमाडौं। काठमाडौं युरो स्कुल, गोंगबुले करातेकी एरिका गुरुङ र राष्ट्रिय महिला फुटबल टोलीकी सरु लिम्बूलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
काठमाडौं युरोले स्पोर्ट्स मिटको समापन कार्यक्रममा दुवै खेलाडीलाई खेलकुदको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण योगदान गरेवापत सम्मान गरेको हो ।
काठमाडौं युरोका अध्यक्ष प्रमोद पाण्डे, बोर्ड अफ डाइरेक्टर राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी, शैक्षिक निर्देशक डा। दीपक गुप्ता तथा भाइस प्रिन्सिपल राममणि पौडेलले एरिका र सरुलाई नगदसहित प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।
सोही अवसरमा एरिका र सरुले स्पोर्ट्स मिटका विभिन्न खेलमा पदक जित्न सफल खेलाडीलाई पुरस्कृत पनि गरे । स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।
काठमाडौं युरो स्कुलले विगतमा ‘साम्बा’ उपनामले चिनिने राष्ट्रिय महिला टोलीकै सावित्रा भण्डारी, दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, १३ औं सागका स्वर्ण विजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, करातेका पर्शुराम बाँस्तोला, फुटबलका प्रज्ज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, करातेका सुमन तिमल्सिनालगायतलाई सम्मान गरेको थियो ।
एसियाली खेलकुद र एसियाली सिनियर कराते च्याम्पियनसिपकी ऐतिहासिक रजत विजेता एरिकाले आफूले समग्रमा खेलेको ६ अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र १ कांस्य जितेकी छन् । इटालीमा भएको १३ औं विश्व कराते च्याम्पिन्सिपमा भने एरिकाले एक ‘बाउट’ जितिन् ।
राष्ट्रिय महिला फुटबल टोलीकी उत्कृष्ट मिडफिल्डर सरुले भारत र पाकिस्तानमा व्यवसायिक लिग खेलेकी छन् ।
















दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया