एन.पि.एल. : आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एन.पि.एल.)मा आज (शनिबार) दुई खेल हुँदैछन् ।
एन.पि.एल. को आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रि.वि. क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे शुरू हुनेछ ।
जारी एन.पि.एल. मा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्स सँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्स सँग पराजित भएको थियो ।
सुदूरपश्चिम रोयल्सले भने दुई वटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो ।
त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । यो खेल त्रि.वि. क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे शुरू हुनेछ ।
जारी एन.पि.एल.मा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुई वटामा पराजित हुँदा एक खेल भने जितेको छ । एन.पि.एल.मा तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यस अघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।
















भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया