आइतबार, वैशाख १३, २०८३

लुम्बिनीले लियो सुदूरपश्चिमको दोस्रो विकेट

मेरोन्यूज २०८१ मंसिर २२ गते १०:२३

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको दोस्रो विकेट लिएको छ। 

Advertisement
NiccNicc

सुदूरपश्चिमका ब्रान्डोन म्याक मुलेन २३ रन बनाउँदा क्याच आउट भए। २० बलमा १ चौका र १ छक्का हानेका मुलेन विवेक यादवको बलमा क्याच आउट हुन पुगे।

१३ बलमा २ चौका बनाएका ओपनर विनोद भण्डारी १७ रन बनाउँदा रोहित पौडेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदूरपश्चिमले १४ ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा १ सय ६ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया