हल्जी गाउँका भिक्षुको स्वास्थ्य परीक्षण

सिमकोट (हुम्ला । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ हिमालपारीको नामले परिचित लिमीको हल्जीमा १७ महिनादेखि तपस्यामा बस्दै आएका भिक्षु (आनी)को स्वास्थ्य परीक्षण गरिएको छ । मौसम परिवर्तनले समस्या आउन सक्ने भएकाले उनको स्वास्थ्य परीक्षण गरिएको हो ।
गुफामा बस्दै आएका १६ भिक्षुसहित एक जना रिन्बोच्चे, एक जना भान्से (खाना) पकाउने गरी १८ जनाको स्वास्थ्य उपचार गरिएको लिमी स्वास्थ्य चौकीमा कार्यरत अहेब लोग बोहराले बताए । उनीहरूको स्वास्थ्य समस्या आएको जानकारी पाउनसाथ शनिबार स्वास्थ्य चौकीबाट दुई घण्टा उकालो हिँडेर भिक्षुहरूले तपस्या गरिरहेको छ्योकोर्छे गुम्बामा पुगी उपचार गरिएको उनले जानकारी दिए ।
करिब १७ महिनादेखि तपस्यामा बस्दै आएका भिक्षुलाई मौसम परिवर्तनका साथै चिसो अत्यधिक हुँदा कसैलाई टाउको दुख्ने, झाडापखाला, घाँटी दुख्नेलगायत समस्या देखिएको भन्दै चेकजाँच पछि उनीहरूलाई औषधि वितरण गरिएको अहेब बोहराले बताए ।
लिमी स्वास्थ्य चौकीमा तीन जना कर्मचारीको दरबन्दी भए पनि हाल एक्लैले तीनवटा बस्तीमा पुगेर नागरिकको उपचार गरिरहेको बोहराले बताए । हल्जी तील गाउँमा केही नागरिक बस्दै आएका छन् भने जाङ गाउँका नागरिक कोही ताक्लाकोट छन् भने कोही जिल्ला बाहिर गइसकेकाले बस्ती शून्य छ ।
लिमीमा तापक्रम माइनसमा झर्ने हुँदा चिसो अत्यधिक बढ्ने भन्दै चिसोबाट बच्न सबैले आवश्य सर्तकता अपनाउनुपर्ने अहेब बोहराले जोड दिए । यहाँको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने भएकाले भिक्षु (आनी) बस्ने गुम्बामा खानेपानीको समस्या हुने उनले बताए ।
तापक्रम राति र बिहानको समयमा माइनसमा झर्दा चिसो अत्यधिक भएर खानेपानीका धारामा बरफ जम्ने गरेकाले पानीको समस्या भएको हो । स्वास्थ्य चौकीका धारामा पनि बरफ जम्दा खानेपानीको समस्या भएको भन्दै बोहराले आफूले गाउँमा गएर खानेपानीको जोहो गर्नुपरेको उललेख गरे ।
केही दिनअघि जाङ र हल्जी गाउँका १२ वर्षभन्दा माथिका एक सय नागरिकलाई कोभिड–१९ विरुद्धको एमआरआई खोप लगाएको जनाउँदै अहेब बोहराले नियमित राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका पाँच बालबालिकालाई खोप लगाइएको बताए ।
















गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया