अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान धावक सम्मानित

काठमाडौं। प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ । नोभेम्बर १६ र १७ तारिखमा भारतको पश्चिम बंगालस्थित कुचविहारमा भएको प्रतियोगितामा नेपाली भेट्रान धावकले विभिन्न स्वर्णमा ८ स्वर्ण, ४ रजत र २ कांस्य गरी १४ पदक जितेका थिए ।
गीतकार समेत रहेका बुद्धवीर लामाले ६५ वर्षमाथि १० हजार मिटर दौडमा स्वर्ण, धर्म महर्जनले ५०–५५ वर्षको ४ सय, ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण, ६५ वर्षमाथि पुष्पलाल श्रेष्ठले ५ हजार मिटर दौडमा स्वर्ण र १० हजार मिटर दौडमा रजत, ५०–५५ वर्षमा कपिल भट्टले २ सय मिटर दौडमा रजत र ५ हजार मिटर दौडमा कांस्य तथा ४५–५० वर्षमा महेन्द्र वज्राचार्यले १० हजार मिटर दौडमा कांस्य जितेका थिए ।
त्यस्तै ४०–४५ वर्षमा राकेश महर्जनले १ हजार ५ सय, ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण तथा ४०–४५ वर्षमा दिनेश महर्जनले ५ हजार र १० हजार मिटर दौडमा रजत पदक प्राप्त गरेका थिए । ४५–५० वर्षको १० हजार मिटर दौडमा सहभागी भइ दौड पूरा गरेका लाक्पा शेर्पा लामा र जहरमान गुरुङलाई पनि सम्मान गरियो ।
सोही अवसरमा विश्व प्रहरी संगठनबीच भएको विभिन्न दौड प्रतियोगितामा स्वर्ण जितेका निमेश गुरुङ पनि सम्मानित भए ।
उनीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नाइटिङगेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधान र प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्कीले एक कार्यक्रमबीच प्रशंसा पत्रसहित सम्मान गरे । अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगिताको समापनका अवसरमा आयोजक मास्टर्स गेम एसोसिएसन, बंगाल र कुचविहार मास्टर्स एसोसिएसनले बुद्धवीरलाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्ड पनि प्रदान गरिएको प्रयास मञ्च नेपालले जनाएको छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया