खाल्डोमा जमेको पानीमा डुबेर बालिकाकाे मृत्यु
मेरोन्यूज
२०८१ मंसिर २५ गते १२:०९
नुवाकोट । नुवाकोटमा खाल्डोमा जमेको पानीमा डुबेर बालिकाकाे मृत्यु भएकाे छ ।
जिल्लाकाे बेलकोटगढी नगरपालिका-७ महादेवफाँटस्थित ईट्टा भट्टामा काम गरी बस्ने नेपालगंज उपमहानगरपालिका-२१ घर भएका असिक अलीकी छोरी ५ वर्षीया तमन्ना अलीको सोही ठाउँस्थित खाल्डोमा जमेको पानीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको हाे ।
डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया