काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत अहिले भइरहेको खेलमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि १०४ रनको लक्ष्य दिएको छ।
त्रिभुवन विश्वविद्यालय मैदानमा जारी खेलमा ब्याटिङ नचलेपछि काठमान्डु सस्तैमा समेटिएको हो। काठमान्डु १०३ रनमै अलआउट भएको हो।
काठमान्डुका लागि स्टेफेन एस्किनाजीले १३, माइकेल लेविट ०, जेरार्ड इरासमस १, सुमित महर्जन ४, डान डाउथवेट २१, रशिद खान १, करण केसीले १ रन जोडे।
काठमान्डुका लागि भीम सार्कीले ३१ रन बनाए। यो नै काठमान्डुको सर्वाधिक स्कोर हो। ४० बल खेलेका उनी अभिशेष गौतमको बलमा अर्जुन साउदको स्टम्पिङमा परे।
काठमान्डुका साहव आलमले ५ बलमा ८ रन बनाए भने प्रतीक श्रेष्ठले १४ बलमा २० रन बनाए। दीपेश कँडेल शून्य रनमा नटआउट रहेपछि लुम्बिनीले १०४ रनको सामान्य लक्ष्य पाएको हो।
काठमान्डुलाई सस्तैमा समेट्न लुम्बिनीका बलरले कसिलो बलिङ गरे।
लुम्बिनीका साद बिन जफरले ३, रेमन साइमन्ड र अभिशेष गौतमले समान २ विकेट लिँदा सूर्य तामाङ र विवेक यादवको नाममा १÷१ विकेट रह्यो। २ ओभर बलिङ गरेका कप्तान रोहित भने विकेटविहीन रहे।
लुम्बिनीले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।









कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
प्रतिक्रिया