शुक्रबार, पुष ४, २०८२

पशुपति वनकालीमा पुरुषको शव भेटियो

मेरोन्यूज २०८१ मंसिर २६ गते १५:१३

काठमाडौँ ।  काठमाडौँको पशुपतिनाथ मन्दिरको वनकालीमा एक जना पुरुषको शव फेला परेको छ। 

काठमाडौँ महानगरपालिका ८ पशुपति वनकाली पार्किङ नजिकै ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो। 

उनी ईन्द्र बहादुर घले भन्ने खुले पनि अन्य विवरण प्रस्ट नभइसकेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया