दुर्घटनामा परी घाइते भएका खड्कवीर बुढाको मृत्यु
मेरोन्यूज
२०८१ मंसिर २६ गते १५:३६

सिमकोट (हुम्ला) । हुम्लाको सर्केगाड गाउँपालिका–८ फुचा गाउँका अन्दाजी ४५ वर्षीय खड्कवीर बुढाको उपचारका क्रममा मृत्यु भएको छ ।
सर्केगाड–मारघोर सडकको ‘ट्र्याक’ खोल्न आउँदा सोमबार स्काभेटर पल्टिएर बुढा घाइते भएका थिए। दुर्घटनापछि बाजुराको कोल्टी अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको उनका आफन्त रेशमराज रोकायाले बताए। सर्केगाड–मारघोर खण्डको ट्र्याक खोल्ने जिम्मा श्रेया कन्स्ट्रक्सनले पाएको थियो ।
प्रदेश ०३–०१००३ क ६२४९ नंको स्काभेटर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज कँडेलले बताउनुभयो । जुम्ला गुठीचौकर गाउँपालिका–१ चुत्रा घर भएका ३६ वर्षीय स्काभेटर चालक लाक्पा महतारालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिए ।
सम्बन्धित












घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया