विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला
काठमाडौं। विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
चितवन, रत्ननगर नगरपालिका-२ सिनेमारोड डेरा गरी बस्ने भारत बेतिया बनकट-७ घर भएका ७० वर्षीय रामनाथ गिरी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
दैलेख, नारायण नगरपालिका-१० बस्ने ४८ वर्षीय गोर्ख बहादुर बोगटी आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, घोराही उपमहानगरपालिका-७ डब्बर गाउँ बस्ने ३२ वर्षीय धिरज चौधरी सोही ठाउँस्थित सुखारी कुलोको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ गोस लाईनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बारा, महागढीमाई नगरपालिका-१ गढीमाई मन्दिर नजिकै रहेको खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया