पत्रकार महासङ्घ उदयपुरको अध्यक्षमा पोखरेल
मेरोन्यूज
२०८१ मंसिर २८ गते २१:४५

उदयपुर । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको अध्यक्षमा भक्ति विलास पोखरेल निर्वाचित भएका छन् ।
पोखरेलले ६० मत प्राप्त गरी विजयी हुँदा अध्यक्षका प्रत्याशी भोटराज राईले ४२ मत प्राप्त गरेको निर्वाचन संयोजक कौशल चेमजोङले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षमा विश्वराज तामाङ र महिला उपाध्यक्षमा रेनु पराजुली निर्विरोध निर्वाचित भएका छन् । सचिवमा तुलसीप्रसाद कोइराला, कोषाध्यक्षमा पुरुषोत्तम सापकोटा, सहसचिवमा देवराज राई निर्वाचित भएका छन् । साथै सदस्यहरूमा खेमराज दाहाल, अञ्जनी अधिकारी, शङ्कर रिखाम मगर निर्वाचित भएका छन् ।
एक सय १० मतदाता रहेको पत्रकार महासङ्घ उदयपुरमा आज भएको निर्वाचितमा एक सय चार मत खसेको थियो ।
सम्बन्धित










आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी
रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
केन्द्रीय समिति बैठकमा गगन थापाले भने– ‘मैले गल्ती गरेकै हो’
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया