आइतबार, माघ १३, २०८१

तराई क्षेत्रमा हुस्सु र कुहिरो, अन्य क्षेत्रमा मौसम सफा

मेरोन्यूज २०८१ मंसिर २९ गते ७:०२

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

Advertisement

महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तै आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहने छ ।

आज सूर्योदय बिहान ६ बजेर ४६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।

प्रतिक्रिया