आइतबार, वैशाख १३, २०८३

पत्रकार महासङ्घ भक्तपुर शाखाको अध्यक्षमा शिल्पकार निर्वाचित

मेरोन्यूज २०८१ मंसिर २९ गते ७:०७

भक्तपुर, । नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको अध्यक्ष पदमा सुन्दर शिल्पकार विजयी भएका छन्।  शुक्रबार सम्पन्न निर्वाचनमा खुला उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्ष महिला नवीना खर्बुजा श्रेष्ठ, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की, समावेशी सहसचिवमा सहसचिव हरिसुन्दर छुँका, कोषाध्यक्षमा रामगोपाल तमखू निर्वाचित भए । 

Advertisement
NiccNicc

त्यसैगरी सदस्य सिर्जना खतिवडा, मनोजकुमार फुँयाल, मणिराम लामिछाने, नारायण थापा, सुदर्शन आचार्य, रामसुन्दर खाइजु, राजकुमार लामिछाने, पुष्पाकुमारी साउद, केशवप्रसाद तिमिल्सिना, सदस्य दलितमा अंजिरसिंह विक, सदस्य आदिवासी जनजाति निशा कुस्मा र रेणु त्वानाबासु, निर्वाचित भएका छन् ।

केन्द्रीय परिषद् सदस्यमा रमेश गिरी, पेशल आचार्य, पूर्ण दुवाल र जीवन ढुङ्गाना विजय भएको निर्वाचन अधिकृत बालमुकुन्द सुवावलले जानकारी दिए ।

प्रतिक्रिया