काठमाडौंले पोखरालाई ६ विकेटले हरायो, प्लेअफ सम्भावना कायमै

काठमाडौं । ओपनर स्टेफन एस्किनाजीको अर्धशतकप्रेरित काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जित्नैपर्ने खेलमा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंको जितमा ओपरन स्टेफन एस्किनाजीले ६० रन बनाए । उनले ३४ बलमा १० चौका प्रहार गरे । एस्किनाजीले पहिलो विकेटका निम्ति माइकल लेभिटसँग ५.३ ओभरमा ५८ रनको साझेदारी गर्दै काठमाडौंलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।
लेभिटले १८ बलमा ६ चौका र एक छक्कासहित ३२ रन जोडे । यस्तै, गेरहार्ड इरास्मसले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन थपे । भीम सार्कीले २० बलमा एक चौका र एक छक्कासहित २२ रन बनाए । कप्तान करण केसी एक रन बनाएर आउट हुँदा राशिद खान एक विकेटमा अविजित रहे ।
पोखराका विपीन खत्रीले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका विपीनले १९ रन खर्चिए । माइकल लियस्कको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३८ रनको योगफल बनाएको थियो ।
पोखराका रेमोन रेफरले सर्वाधिक ४१ रन बनाए । उनले ३० बलमा एक चौका र तीन छक्का प्रहार गरे । ओपनर दिनेश खरेलले ३८ रन बनाए । दिनेशले २५ बलमा ६ चौका र एक छक्का प्रहार गरे ।
दिलीप नाथले २४ बलमा दुई छक्कासहित २७ रन बनाए । यसबाहेक, पोखराका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
पोखराका अर्का ओपनर आन्द्रियस गौस ‘डक’ भए । कप्तान कुशल भुर्तेलले सात रन थप्दा विपीन खत्रीले चार रन बनाए । माइकल लियस्कले स्कोरबोर्डमा एक रनमात्र थपे । यस्तै, नारायण जोशी भने ‘गोल्डेन डक’ भए ।
पोखराविरुद्ध काठमाडौंका कप्तान करण केसी र राशिद खानले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेका करणले २४ रनमात्र खर्चिए । यस्तै, गेरहार्ड इरास्मस र माइकल लेभिटको नाममा समान एक विकेट रह्यो ।
जितसँगै काठमाडौंले प्रतियोगिताको प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ । प्रतियोगितामा ६ खेल खेलेको काठमाडौंले तीन खेलमा हार र तीन खेलमा जितको नतिजासहित ६ अंक नै जोडेको छ ।
काठमाडौंसँगको हारले पोखराको भने शीर्ष चारमा अटाउने सम्भावना निकै कमजोर बनेको छ । ६ खेलमध्ये दुईमा जित र चार खेलमा हार बेहोरेको पोखरा चार अंकसहित तालिकाको सातौँ स्थानमा छ
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया