पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा पराजुली

चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा वसन्तराज पराजुली निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पराजुलीले एक सय ३२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे ।
उपाध्यक्षमा दीपेन्द्र अधिकारी, महिला उपाध्यक्षमा शान्ता अधिकारी र सचिवमा राजेश घिमिरे निर्विरोध निर्वाचित भए ।शाखाको सह–सचिवमा खुलातर्फ रविना पौडेल र समावेशीतर्फ राजु चौधरी निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा कृष्ण आचार्य निर्वाचित भए ।
त्यसैगरी सदस्य (आदिवासी जनजाति) मा सुनिलकुमार श्रेष्ठ र (दलित) मा सरोज उपरकोटी पनि निर्विरोध निर्वाचित भएका छन् । सदस्य (महिला) मा अस्मिता पराजुली निर्वाचित भइन् ।
शाखाको खुला सदस्यमा कुलप्रसाद काफ्ले, केशव भट्टराई, राजु सापकोटा, बद्रीप्रसाद अर्याल, रोहिणी त्रिपाठी, सनद अधिकारी, सुदन पौडेल, सुरेन्द्र पौडेल, सुशील पन्त र हेमराज रिमाल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी शाखाबाट प्रदेश परिषद् १७ जना सदस्यमा खुलातर्फ अर्जुन अधिकारी, किशोरचन्द्र सापकोटा, कृष्णप्रसाद खनाल, दीपक पोखरेल, बिचित्र पौडेल, रमेश पौडेल, लक्ष्मण गौतम, सूर्यप्रसाद अधिकारी र होमनाथ न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
समावेशी सदस्यतर्फ अनिता अर्याल, अमिर रामदाम, गिता दराई घिमिरे, निरुता विक, पूजा ढकाल, प्रतीमा तामाङ, राजनदिल गुरुङ, र सिन्धु ढकाल निर्विरोध निर्वाचित भएको शाखाका सल्लाहकार तिलकराम रिमालले जानकारी दिए ।
शाखाबाट केन्द्रीय परिषद् छ जना सदस्यमा खुलातर्फ तिलकराम रिमाल, अनिल ढकाल र शालिकराम नेपाल निर्वाचित भएका छन् भने समावेशी सदस्यमा ईश्वर जोशी, प्रमीता ढकाल र प्रतीमा सिलवाल निर्विरोध निर्वाचित भए । कूल दुई सय ५५ जना सदस्य रहेको शाखाको निर्वाचनमा दुई सय २३ मत खसेको थियो ।
















अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया