आइतबार, माघ १३, २०८१

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्षमा खड्का

मेरोन्यूज २०८१ मंसिर २९ गते २०:२५

झापा । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्षमा भरतबहादुर खड्का विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार उनी छ सय १४ मतसहित विजयी भएको निर्वाचन अधिकृत यज्ञप्रसाद शर्माले बताए ।

Advertisement

उनका अनुसार उपाध्यक्षमा कुमोद निरौला, महिला उपाध्यक्षमा अम्बिका (चन्द्रकला) भण्डारी, महासचिवमा हिमाकुमारी चेम्जोङ, समावेशी सचिवमा अरविन्दकुमार मेहता र कोषाध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् । खुल्ला सचिवमा यसअघि नै धुव्र भट्टराई निर्विरोध निर्वाचित भएका थिए ।

यसैगरी, सदस्यमा इन्द्र गिरी, चन्द्रबहादुर कार्की, पर्शुराम थापा, राजकुमारी ओली, रामधन राई, किशोर विश्वकर्मा, खगेन्द्रकुमार राई, लोख्पाजी शेर्पा, अविनाशकुमार निधि, आशीषकुमार यादव र लुकमान अंसारी निर्वाचित भएका छन्।

प्रतिक्रिया