नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा गिरी निर्वाचित

खजुरा। नेपाल पत्रकार महासंघ बाँके जिल्ला शाखाको अध्यक्षमा नवीन गिरी निर्वाचित भएका छन् । निर्वाचन समितिद्वारा शनिबार सार्वजनिक गरिएको मत परिणामअनुसार गिरीले एक सय १८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रदीप वाग्लेले ७० मत प्राप्त गरे ।
खुला उपाध्यक्ष पदमा रेजिना मल्ल र तिलक गाउँलेबिच बराबरी भएको छ । उनीहरूले आधा आधा कार्यकाल चलाउने सहमति भएको निर्वाचन अधिकृत केशव कोइरालाले बताए । उपाध्यक्ष (महिला) मा करुणा शाह, सचिवमा कृष्ण ओली र सहसचिवमा रवीन्द्र सिंह ठकुरी र भगतराम थारु विजयी भएका छन् । कोषाध्यक्ष पदमा सुनिल रेग्मी निर्वाचित भएका निर्वाचन अधिकृत कोइरालाले बताए ।
महिला सदस्यमा रजनीकुमारी योगी, दलित सदस्यमा आशा परियार, आदीवासी–जनजाती सदस्यमा निर्मला चौधरी, मधेशी सदस्यमा यदुराज मिश्र, अन्य समावेशी सदस्यमा सलामत अली शेष, निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
शाखाको खुला सदस्यमा पहलबहादुर केसी, शम्भुप्रसाद थारु, कृष्णराज अधिकारी, रवीन्द्र घिमिरे, समिरमान श्रेष्ठ, सावित्री विश्वकर्मा, सजनकुमार आरसी र धना विष्ट केसी विजयी भएका छन् ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया