पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी (मतपरिणामसहित)

काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्मा विजयी भएकी छन् ।
आइतबार राति महासंघ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।
प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४२८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य निर्वाचित भएका छन् । उनले ४ हजार २३० मत ल्याएर विजयी भएका हुन् ।
महिला उपाध्यक्षमा नितु पण्डितले ४ हजार ७०५ मत ल्याएर विजयी भएकी छन् भने उपाध्यक्षमा समवेशिमा उमितप्रसाद बागचन्द ४ हजार २९२ मत ल्याएर विजयी भएका छन् । महासचिव रामप्रसाद दाहाल ४ हजार २९२ मत ल्याएर विजयी भएका छन् ।
यस्तै खुला सचिवमा रमेश खतिवडा, महिला सचिव सोनी शर्मा, दलित सचिव प्रकाश धौलाकोटी, सहसचिव वैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
सूची :






















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया