भन्सार छली गरेर भित्र्याइएका सामान बरामद

वीरगञ्ज (पर्सा)। सशस्त्र प्रहरी बल नेपाल, पर्साले भन्सार छलेर भित्राइएका लत्ताकपडासहितका मेसिनरी पार्टपुर्जा नियन्त्रणमा लिँदै आइरहेको छ । सशस्त्र प्रहरीले पछिल्ला दुई दिनमा फरक–फरक ठाउँबाट करिब रु ४५ लाखभन्दा धेरै मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएका सामान नियन्त्रणमा लिएको जनाएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेले सशस्त्र प्रहरीको सक्रियताको कारणले भन्सार छली गरेर भित्र्याइएका सामान दिनँहुजसो नियन्त्रणमा लिँदै आएको जानकारी दिए। प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगर–१६ स्थित इनर्वा तथा सीमानाकाबाट भित्राइएको रु १३ लाख ३६ हजार नौ सय ३५ मूल्य पर्ने किनारा, कस्मेटिक्स, मोटरपार्ट्स, मोबाइल एसेसोरिज र कपडालगायतका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले ना५३प ९३०६ नम्बरको करिब रु दुई लाख मूल्य पर्ने मोटरसाइकल समेत बुझाएको छ ।
सशस्त्र प्रहरी बल पर्सा र वीरगञ्ज भन्सार कार्यालयबाट शनिबार खटिएको टोलीले वीरगञ्ज महानगर–६ स्थित लाठगलीबाट प्रवेज अक्तरको स्टोरको गोदामबाट भन्सार छली गरेर भण्डारण गरिराखेको रु ३० लाख ४९ हजार मूल्य पर्ने कपडा बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयलाई दाखिला गरेको छ ।
चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याइएका रु १५ करोड १८ लाख मूल्य पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरी बल पर्साले चालु आवको चार महिनाको अवधिमा रु १२ करोड ५३ लाख ८८ हजार नौ सय ३३ रकम मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएको लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हाडवेयर, मोटर पाटर््स, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
त्यस्तै सोही अवधिमा रु दुई करोड ६४ लाख ३० हजार एक सय ४९ मूल्य पर्ने बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ ।
















जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
प्रतिक्रिया