पूर्व मेयर सिंहको निधनमा काठमाडौँ महानगरले दियो शोक बिदा
मेरोन्यूज
२०८१ पुष १ गते ९:५९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वमेयर पीएल सिंहको निधनमा शोक बिदा दिएको छ ।
काठमाडौँको पहिलो मेयर ८८ वर्षीय सिंहको काठमाडौँको ठमेल चाक्सीबारीमा सोमबार निधन भएको थियो । महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।४९ सालमा नेपाली काँग्रेसबाट काठमाडौँ नगरपालिकाको मेयर निर्वाचित भएका सिंहले २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरेका थिए।
सिंहको योगदानलाई सम्मान गर्दै आज अत्यावश्यक बाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरले जानकारी दिएको छ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया