इजरायलले सुरु गर्याे ‘वेभ पावर प्लान्ट’

इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर प्लान्टको उद्घाटन गरेको इजरायलको ऊर्जा र पूर्वाधार मन्त्रालयले आइतबार एक विज्ञप्तिमा जानकारी गराएको छ ।
तेल अवीव–याफोको भूमध्यसागरीय सहरको जाफा पोर्टमा अवस्थित यस पावर प्लान्टको स्थापित क्षमता १०० किलोवाट रहेको छ ।
यो इजरायली ऊर्जा कम्पनी इको वेभ पावर द्वारा विकसित गरिएको थियो । फ्रान्सेली राज्यको स्वामित्वमा रहेको पावर युटिलिटी ईडीएफ र तेल अवीभ–याफो नगरपालिकाको सहयोगमा ऊर्जा र पूर्वाधार मन्त्रालयको कोषमा निर्माण गरिएको हो ।
यो प्रणालीले ६० सेन्टीमिटर उचाइभन्दा कम छालबाट बिजुली उत्पादन गर्न सक्ने छ ।
स्मार्ट कन्ट्रोल सिस्टमले सुसज्जित यो प्रविधिले आँधीबेहरीमा हुने क्षतिलाई रोक्नको लागि समुद्रको सतहभन्दा माथि उठाउँछ ।
परियोजनाबाट उत्पादित सबै बिजुली इजरायलको राष्ट्रिय ग्रिडमा आपूर्ति गरिन्छ । राज्यको स्वामित्वमा रहेको इजरायल इलेक्ट्रिक कर्पोरेशनले सुविधाबाट उत्पादित सबै ऊर्जा खरिद गर्दछ ।
मन्त्रालयले यो परियोजना नवीकरणीय स्रोतबाट ऊर्जा उत्पादन बढाउने, वायु प्रदूषण घटाउने र इजरायलको ऊर्जा सुरक्षा बढाउने पाइला भएको बताएको छ ।
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया