नेपाल प्रिमियर लिगको पुरस्कार राशि घोषणा, विजेतालाई कति ?
मेरोन्यूज
२०८१ पुष २ गते १७:४९

काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार राशि घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार पहिलो संस्करणको एनपीएलका विजेताले पाउने पुरस्कार राशि घोषणा गरेको हो।
क्यानका अनुसार विजेता टीमले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ। यस्तै उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पाउने भएको छ।
मंसिर १४ गतेबाट जारी एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन्। बुधबार एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् ।
त्यस्तै पहिलो क्वालिफायर क्वालिफयरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन्। यो खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ। पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता टोलीसँग भिड्नेछ।
फाइनल खेल पुस ६ गते (शनिबार) हुनेछ।

सम्बन्धित











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया