नेपाल प्रिमियर लिगको पुरस्कार राशि घोषणा, विजेतालाई कति ?
मेरोन्यूज
२०८१ पुष २ गते १७:४९

काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार राशि घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार पहिलो संस्करणको एनपीएलका विजेताले पाउने पुरस्कार राशि घोषणा गरेको हो।
क्यानका अनुसार विजेता टीमले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ। यस्तै उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पाउने भएको छ।
मंसिर १४ गतेबाट जारी एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन्। बुधबार एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् ।
त्यस्तै पहिलो क्वालिफायर क्वालिफयरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन्। यो खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ। पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता टोलीसँग भिड्नेछ।
फाइनल खेल पुस ६ गते (शनिबार) हुनेछ।

सम्बन्धित
















बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया