मंगलबार, वैशाख ९, २०८२

लालीगुराँस र ग्रिनल्यान्डलाई जेबी कप

मेरोन्यूज २०८१ पुष २ गते १८:२७

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी र ग्रिनल्यान्डले प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा ग्रिनल्यान्ड सिनियर गल्र्समा च्याम्पियन बने ।

बूढानीलकण्ठ नगरपालिका– ६ च्यासिन्डोलस्थित आयोजक जेबी स्कुलको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा लालीगुराँसले भ्याली पब्लिकलाई २७–२३ ले पराजित ग¥यो । लालीगुराँसका साहिद पुनले १७ स्कोर गरे । गोल्डेनपिक तेश्रो भयो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई ३५–३० ले हरायो । ग्रिनल्यान्डकी विहानी राईले १२ स्कोर गरिन् । इडेन ब्रिज एकेडेमी (इबीए) तेश्रो स्थानमा रह्यो ।

जुनियर ब्वाइजमा लालीगुराँसका सर्गम गुरुङ तथा सिनियर गल्र्समा ग्रिनल्यान्डकी आहाना खड्का ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा लालीगुराँसका रोहित गुरुङ तथा सिनियर गल्र्समा ग्रिनल्यान्डकी विहानी राई उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक विक (५० अंक) तथा सिनियर गल्र्समा फेरिल्यान्डकी करुणा बोगटी (६७ अंक) सर्वाधिक स्कोरकर्ता बने ।

जुनियर ब्वाइजमा पारामाउन्ट तथा सिनियर गल्र्समा न्युटनले अनुशासित टिमको ट्रफी हात पारे । जुनियर ब्वाइजमा बेल्मोन्ट इन्टरनेसनल एकेडेमी तथा सिनियर गल्र्समा नवदीक्षित पाठशाला उदीयमान टिम ठहरिए ।

विजेतालाई पूर्व मन्त्री रेशम लामा, आयोजक जेबी सञ्चालक समितिका अध्यक्ष कृष्ण वस्ती, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, जेबीका प्रिन्सिपल नारायण रोकालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर २७ गतेदेखि सुरु प्रतियोगिताको जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमले प्रतिस्पर्धा गरेको जेबीका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।

प्रतिक्रिया