विपद् प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माण थालिने

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले विपद् प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माण थालिने बताएका छन्।
‘विपद् जोखिम, न्यूनीकरण र विपद् व्यवस्थापन सिकाइ तथा आगामी कार्ययोजना’ विषयमा आज धुलिखेलमा आयोजित कार्यशालामा आगामी एक साताभित्र विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण थाल्ने गरी प्रक्रिया प्रारम्भ भएको बताएका हुन्।
“गत असोजको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको विवरण स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त हुनेबित्तिकै गृह मन्त्रालयले बनाएको पुनर्निर्माण कार्यविधि मन्त्रिपरिषद्मा पेस भई निर्णय भइसकेको छ, क्याबिनेटको विधायन समितिमा विचाराधीन उक्त कार्यविधि आगामी एक साताभित्रमा निर्णय भई पुनःक्याबिनेट बैठकले अनुमोदन गरेपछि पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढ्छ”, मन्त्री यादवले भने।
मन्त्री यादवले पुनर्निर्माणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीररुपमा लिएको उल्लेख गर्दै सरकारले आफूसँग भएको स्रोत–साधन परिचालन गरी पुनर्निर्माण गर्ने बताएका छन्।
मन्त्री यादवले विशेष गरी खानेपानीको संरचनामा भएका क्षतिबारे आफूले स्थलगत निरीक्षण गरेको बताउँदै स्थानीय तहले जिम्मा लिई हाल पुनर्निर्माण गर्न नसक्ने अवस्थामा रहे खानेपानी मन्त्रालयले पुनर्निर्माण गर्ने बताए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय गोकुलप्रसाद बाँस्कोटा र सूर्यमान दोङ, बागमती प्रदेशसभा सदस्यत्रय कञ्चनचन्द्र वादे श्रेष्ठ, रत्न ढाकाल र लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जू, रोशी गाउँपालिकाका प्रमुख दिनेश लामालगायतले जाडो याममा नागरिकले कष्टकर जीवन बिताउनुपरेकाले विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्य तत्काल थाल्नुपर्ने विचार व्यक्त गरेका थिए।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया