विपद् प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माण थालिने

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले विपद् प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माण थालिने बताएका छन्।
‘विपद् जोखिम, न्यूनीकरण र विपद् व्यवस्थापन सिकाइ तथा आगामी कार्ययोजना’ विषयमा आज धुलिखेलमा आयोजित कार्यशालामा आगामी एक साताभित्र विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण थाल्ने गरी प्रक्रिया प्रारम्भ भएको बताएका हुन्।
“गत असोजको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको विवरण स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त हुनेबित्तिकै गृह मन्त्रालयले बनाएको पुनर्निर्माण कार्यविधि मन्त्रिपरिषद्मा पेस भई निर्णय भइसकेको छ, क्याबिनेटको विधायन समितिमा विचाराधीन उक्त कार्यविधि आगामी एक साताभित्रमा निर्णय भई पुनःक्याबिनेट बैठकले अनुमोदन गरेपछि पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढ्छ”, मन्त्री यादवले भने।
मन्त्री यादवले पुनर्निर्माणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीररुपमा लिएको उल्लेख गर्दै सरकारले आफूसँग भएको स्रोत–साधन परिचालन गरी पुनर्निर्माण गर्ने बताएका छन्।
मन्त्री यादवले विशेष गरी खानेपानीको संरचनामा भएका क्षतिबारे आफूले स्थलगत निरीक्षण गरेको बताउँदै स्थानीय तहले जिम्मा लिई हाल पुनर्निर्माण गर्न नसक्ने अवस्थामा रहे खानेपानी मन्त्रालयले पुनर्निर्माण गर्ने बताए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय गोकुलप्रसाद बाँस्कोटा र सूर्यमान दोङ, बागमती प्रदेशसभा सदस्यत्रय कञ्चनचन्द्र वादे श्रेष्ठ, रत्न ढाकाल र लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जू, रोशी गाउँपालिकाका प्रमुख दिनेश लामालगायतले जाडो याममा नागरिकले कष्टकर जीवन बिताउनुपरेकाले विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्य तत्काल थाल्नुपर्ने विचार व्यक्त गरेका थिए।














सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ
Ghedung delegates call on PM Karki
HoR Election: Chief Election Officer Offices to be established today
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया