बिहीबार, चैत ५, २०८२

रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

मेरोन्यूज २०८१ पुष ४ गते १३:५२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)का सभापति ‘रवि लामिछानेको तस्बिर’ सार्वजनिक भएको विषयमा छानबिन गर्न निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त कुँवरलाई तस्बिरको विषयमा छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

“यो विषयमा छानबिन गरेर दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आईजीपीलाई निर्देशन दिएको छु,” गृहमन्त्री लेखकले भने, “हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दै छ ।”

नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि तस्बिर सार्वजनिक गरिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको जानकारी दिए ।

सामाजिक सञ्जालमार्फत हिरासत कक्षभित्रको दाबी गरिएको लामिछानेको तस्बिर सार्वजनिक भएपछि विभिन्न टीकाटिप्पणी भइरहेको छ ।

अर्कोतिर आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलस भुसालले लामिछाने ‘हिरासतमा रहेको फोटो’ आफूले खिचेको दाबी गरेका छन् ।

प्रतिक्रिया