शनिबार, वैशाख १२, २०८३

रविको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्ने डा. निकोलासलाई प्रहरीले कारवाही गर्ने

मेरोन्यूज २०८१ पुष ४ गते १४:४८

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा)का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा। निकोलास भुसाललाई कारवाही गर्ने भएको छ ।

Advertisement
NiccNicc

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै अनुसन्धानलाई नकरात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरीले फोटो सार्वजनिक गर्ने व्यक्तिलाई कारवाही गर्ने उल्लेख गरेको छ । ‘‘प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारवाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।

रवि हिरासतमा सुतिरहेको फोटो डा। निकोलसको फेसबुक आइडीबाट सार्वजनिक भएको थियो । निकोलसले फोटो आफूले खिचेको स्वीकार समेत गरिसकेका छन् ।

प्रतिक्रिया