आइतबार, वैशाख १३, २०८३

तस्करीको चीनी सहितको ई रिक्सा र चालक पक्राउ 

मेरोन्यूज २०८१ पुष ४ गते २०:०७

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले तस्करीको भारतीय चीनी सहितको ई रिक्सा बरामद गर्नुका साथै चालकलाई नियन्त्रणमा लिएको छ।

Advertisement
NiccNicc

जिल्ला सदरमुकाम गौर स्थित सिवाङ्गी पेट्रोल पम्पको अगाडी चेकजाँचको क्रममा प्रहरी गस्ती टोलीले बिहीवार २०० किलो अबैध भारतीय चिनि बोकेको ना २ ह १६८ नम्बरको ई रिक्सा बरामद गर्नुका साथै चालक गौर नगरपालिका ४ का ४५ बर्षीय बिन्देश्वर सहनी लाई नियन्त्रणमा लिएको हो।

बरामद चीनी,ई रिक्साको ३ लाख १४ हजार मूल्याङकन गरी चालक सहनी सहित आवशयक कार्वाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया