तस्करीको चीनी सहितको ई रिक्सा र चालक पक्राउ
मेरोन्यूज
२०८१ पुष ४ गते २०:०७

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले तस्करीको भारतीय चीनी सहितको ई रिक्सा बरामद गर्नुका साथै चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला सदरमुकाम गौर स्थित सिवाङ्गी पेट्रोल पम्पको अगाडी चेकजाँचको क्रममा प्रहरी गस्ती टोलीले बिहीवार २०० किलो अबैध भारतीय चिनि बोकेको ना २ ह १६८ नम्बरको ई रिक्सा बरामद गर्नुका साथै चालक गौर नगरपालिका ४ का ४५ बर्षीय बिन्देश्वर सहनी लाई नियन्त्रणमा लिएको हो।
बरामद चीनी,ई रिक्साको ३ लाख १४ हजार मूल्याङकन गरी चालक सहनी सहित आवशयक कार्वाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
सम्बन्धित










एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
प्रतिक्रिया