क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
मेरोन्यूज
२०८१ पुष ४ गते २१:५५

काठमाडौँ । नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बिहीबारको बैठकले उक्त आह्वान गरेको हो ।
पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने भएको छ । जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए केन्द्रीय समितिले हस्तक्षेप गरेरअघि बढ्ने समिति सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।
कांग्रेसको विधानमा महाधिवेशन भएको वर्ष क्रियाशील सदस्यता वितरण नगरिने व्यवस्था छ । अरु वर्ष भने नियमित रुपमा क्रियाशील सदस्यता वितरण गरिने व्यवस्थाअनुसार नै काम हुनुपर्नेमा समितिले जोड दिएको छ । समितिको अर्को बैठक यही पुस १८ गते बस्ने जनाइएको छ ।
सम्बन्धित

















प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
एन्फाले स्थगित गर्याे राष्ट्रिय लिग
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
नयाँ सांसदहरूको शपथ चैत १२ गते
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
प्रतिक्रिया