दुलेगौडा–लिलाचोकखण्ड स्तरोन्नतिका लागि केही दिन बन्द रहने

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लिलाचोक सडकखण्ड स्तरोन्नतिका लागि बन्द गरिने भएको छ ।
नगरको वडा नं ४, ८, ९ र १२ जोड्ने उक्त खण्डअन्तर्गत दुलेगौडा खैरेनीटार हेल्थपोष्ट चोकदेखि पुलचोक नयाँपुलसम्म निर्माण भइरहेकाले शनिबारदेखि अर्को सूचना नभएसम्मका लागि उक्त सडक बन्द हुने नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले सडक निर्माणका क्रममा हुनसक्ने जोखिम र गुणस्तरीयतालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको जानकारी दिए । त्यस अवधिसम्म ढोरवाराही मोटरमार्ग (गाछेपानी पुरानो पुल तिब्बतियन क्याम्प) को सडक प्रयोग गर्न सकिने उनले बताइन् ।
विश्व बैङ्कको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजीआइपी) अन्तर्गत उक्त मोटरमार्गको ७.1 किलोमिटर सडकमा कालोपत्रका लागि गत चैत २५ गते बानियाँ निर्माण सेवा हेटौंडासँग सम्झौता भएको थियो।
नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ मा यहाँ स्तरोन्नतिको काम भइरहेको बताए।
वडा नं ४ दुलेगौडाबाट सुरु हुने कालोपत्र सडकले वडा नं ८, ९ र १२ वडालाई जोड्ने छ। उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ।
उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ। अन्य ठाउँमा नालासहितको कालोपत्र हुने इन्जिनियर भट्टराईले जानकारी दिए ।










एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता
एमाले महाधिवेशन : अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया