उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँच दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा आफ्ना कोरियाली समकक्षी इन्क्यो च्योङको निमन्त्रणामा उनी कोरिया भ्रमणमा गएका थिए।
भ्रमणका क्रममा नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन ‘फ्रेमवर्क’ (टिआइपिएफ) सम्झौतामा हस्ताक्षर भएको थियो।
मन्त्री भण्डारीले त्यहाँ रहँदा कोरियाका लगानीकर्ताहरुसँग छलफल गर्नाका साथै नेपालमा लगानी गर्न आग्रह गरेका थिए।। साथै उनले कोरियामा नेपाली वस्तुको प्रवर्द्धनका लागि त्यहाँका चेम्बर पदाधिकारीसँग पनि विचारविमर्श गरेका थिए।
यसैबीच, नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न बिहीबार नै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र कोरिया इम्पोटर्स एसोसिएशनका अध्यक्ष बुवाङ कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।










सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया