अपडेट : भूकम्पबाट क्षतिको विवरण सङ्कलन हुँदै

बाजुरा । बिहान गएको भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर आज बिहान आएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिए।
विकट हिमाली जिल्लामा रूपमा रहेको यहाँका स्थानीय पालिकामा आवतजावतमा समय लाग्ने भएकाले प्रहरीको प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण सङ्कलन जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी मण्डलले बताए।
भूकम्पका कारण बूढीनन्दा नगरपालिका-४ मा एक घर भत्किएको मण्डलले बताए । घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्धार गरिएको उनको भनाइ छ ।
जिल्लाका नौ वटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरीसँग समन्वय गरी क्षतिको विवरण संकलन कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केर होहल्ला मच्चिएको थियो ।

















सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौँः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै
झापाका समाजसेवी न्यौपाने मृतावस्थामा फेला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया